विप्लब समुहको पाँच महिने यस्तो अभियान,सतर्क रहन अपिल - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

विप्लब समुहको पाँच महिने यस्तो अभियान,सतर्क रहन अपिल



काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले चन्दा संकलन अभियान सुरु गरेको छ।

असार देखि कात्तिकसम्म चन्दा अभियान सुरु भएको जानकारी दिइएको विज्ञप्तिमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको हस्ताक्षर छ ।

यसअघि गत कात्तिक महिनामै सरकारले चन्द समूहलाई आर्थिक तथा भौतिक सहयोग गर्नेहरुलाई कारवाही गर्ने भन्दै कसैले जबरजस्ती आर्थिक सहयोग मागे तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

गृहमन्त्रालयले पनि उक्त समूहको प्रलोभन वा धम्कीमा नपर्न तथा कतै कसैले आर्थिक सहयोग माग्न धम्की दिने, त्रास सिर्जना गर्ने काम गरेमा तत्काल प्रहरीलाई खबर गर्न र प्रहरीले आवश्यक सुरक्षा प्रदान गर्ने जनाएको छ ।

उता चन्द समूहले पार्टीका भगौडा तथा अराजकतावादीहरुले अभियानको फाइदा उठाउने भन्दै सचेत रहनसमेते आग्रह गरेको छ।

पार्टीको आर्थिक विभाग हेर्दै आएका प्रकाण्ड यसअघि पक्राउ पर्दा पनि चन्दा संकलन सम्बन्धी योजनाहरु प्रहरीले फेला पारेको थियो। प्रहरी नियन्त्रणबाट छुटेलगतै प्रकाण्डमाथि पार्टीबाटै कारवाही भएको चर्चा थियो।

तर, अहिले पुनः प्रकाण्डले नै विज्ञप्ति जारी गरी चन्दा संकलन अभियान बारे जानकारी गराएका छन्।