अभिषेक बच्चन र ऐश्वर्य राय बच्चन पुनः एक साथ देखा पर्ने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अभिषेक बच्चन र ऐश्वर्य राय बच्चन पुनः एक साथ देखा पर्ने



एजेन्सी । झण्डै ८ वर्ष अघि फिल्म ‘रावण’मा एकैसाथ स्क्रिन सेयर गरेका अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्य राय बच्चन पुनः एक साथ देखा पर्ने भएका छन ।

अब यी दुई रियल जोडी फिल्म ‘गुलाब जामुन’ मार्फत पुनः एकसाथ देखिन लागेका हुन् । पछिल्लो पटक सँगै काम गरेको चलचित्र फ्लप भए पछि यी दुईलाई पुनः एक साथ काम गराउन बलिउडका निर्माता निर्देशकहरुले आँट गरेका थिएनन ।

ऐश्वर्या अहिले फिल्म ‘फंने खान’को तयारीमा ब्यस्त छिन भने अभिषेक पनि आफ्नो आगामी फिल्म ‘मनमर्जिया’ को काममा ब्यस्त छन । ८ वर्ष पछि पुनः स्क्रिन सेयर गर्न लागेका यी जोडीलाई दर्शकले कतिको मन पराउने छन त्यो भने फिल्म प्रदर्शन पछि मात्र थाहा हुनेछ।