अभिनेत्री जल शाहकी आमा साहित्यकार प्रेमा शाहको निधन ! - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

अभिनेत्री जल शाहकी आमा साहित्यकार प्रेमा शाहको निधन !



काठमाडौँ । अमेरिका रहँदै आएकी साहित्यकार प्रेमा शाहको निधन भएको छ । साहित्कार शाहको उपचारकै क्रममा साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन हस्पिटलमा आज निधन भएको हो । उनी नेपाली चलचित्रकी अभिनेत्री जल शाहकी आमा हुन्।

उनका कथा संग्रहहरु पहेँलो गुलाब, विषयान्तर, प्रकाशित छन्। ‘मम्मी’ उपन्यास उनको एकल हो भने संयुक्त लेखन रहेको ‘आकाश विभाजित छ’ का लागि पनि उनले कलम चलाइन् । उनका साहित्यका यौन विद्रोह र मनोविज्ञान प्रमुख रूपमा आएको हुन्छ। नारी सञ्चेतना र विसंगत पक्षलाई पनि उनले कथामार्फत उजागर गरेकी छिन्।

उनी बाल साहित्यमा पनि उत्तिकै सक्रिय थिइन् । शाहले २०४५ सालको ‘मैनाली कथा पुरस्कार’ समेत प्राप्त गरेकी छिन्।