अभाने एकता मञ्चको कार्यकर्ता भेला/प्रशिक्षण कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

अभाने एकता मञ्चको कार्यकर्ता भेला/प्रशिक्षण कार्यक्रम सम्पन्न



चंडीगढ़/रमेश खड्का

अखिल भारत नेपाली एकता मञ्च (रजि) संयुक्त राज्य समिति चंडीगढ़को आयोजनामा आइतबार चंडीगढ़को सेक्टर -२९  सीको देश सेवक भवनमा कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मुख्य अतिथिहरू पूर्व अखिल भारत नेपाली एकता मञ्च का केंद्रीय अध्यक्ष एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य  लक्ष्मण पन्त र पूर्व केंद्रीय अध्यक्ष टी. बि. पाठकको विशेष उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमा  अतिथिहरू अखिल भारत नेपाली एकता मञ्चका केंद्रीय सचिव  तीर्थ भण्डारी र रवि कुमार, वरिष्ठ केंद्रीय सदस्य जे बि सिलवाल, अन्य केंद्रीय सदस्यहरूमा क्रमशः कमल गिरी, केंद्रीय सदस्य महिला नेतृ  कल्पना जीयम,पहल सिंह खड्का राम बहादुर बुढा, सुरेस महर,ठगेन्द्र पंगेनी, कैलाश बि क , अमराज सुनार, रामभक्त जीयम, दृष्टि सांस्कृतिक परिवार राज्य समितिका अध्यक्ष  प्रेम नेपाली, विद्यार्थी राज्य समिति अध्यक्ष विनोद सेजवाल,राज्य सचिवालय सदस्य रमेश खड्का त्यसै गरी शोभाराम रसाइली हिमाचल राज्य समिति अध्यक्ष, देव बहादुर रसाइली पन्जाब जम्मु कश्मीर राज्य समिति सचिव, वरिष्ठ कलाकार टेक बहादुर बि क र शहीद परिवारका किसन डांगीको पनि उपस्थिति थियो।

महान् शहीद प्रति एक मिनेट मौन धारण पछि उक्त कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रम को उद्घाटन पूर्व केंद्रीय अध्यक्ष द्वय लक्ष्मण पन्तले रातो रिबन काटेर र टी बि पाठकले मोमबत्ती जलाएर उद्धघाटन गर्नु भयको थियो ।आयोजकको तर्फबाट मुख्य अतिथि हरूलाई फूलमाला अबिर और दोसल्ला ओढाएर स्वागत गरिएको थियो र अन्य अतिथि हरूलाई फुलमाला अबिर लगाएर स्वागत गरीयको थियो ।

उक्त कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि  पन्तले राजनीतिक कार्यदिशाबारे स-बिस्तारमा परीक्षण मन्तव्य राख्नु भयको थियो। सो क्रममा नेपालमा भएको परिवर्तन क्रान्तिकारी नेतृत्वको सही विचार , मालेमावाद नेपाली धर्तीमा आफ्नो मौलिकता कला सिर्जनशिलता प्रयोग हुँदै आएको र सर्वहारा वर्ग जाति क्षेत्र लिंगको विशेष अधिकारको ग्यारेन्टी सहित सामन्तवाद विरुद्ध धावा बोल्दै राष्ट्रिय मुक्ति आन्दोलनले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै संवृद्धि नेपाल, विकसित नेपाल र आत्म निर्भरता नेपालको सपना र परिकल्पना नेतृत्वको मन-मस्तिष्कमा परिसके पछि सोहीअनुसार कार्ययोजना निर्माण र कार्यान्वन कै क्रममा प्राप्त उपलब्धिको रक्षा गरी क्रान्तिमा शान्ति र शान्तिमा क्रान्तिको बाटो हुँदै आएको भनी प्रस्ट पार्नु भयो, अब वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्य पूरा गर्न निरन्तर सङ्घर्षको विकल्प छैन भन्नु भयो।

अहिलेको पार्टी एकता शक्ति सञ्चय र विन्यासको नीति अन्तर्गत भइरहेकोले एकता सङ्घर्ष र रूपान्तरण सहित अनन्त सबै साना ठुला दलहरू एकै हुनै पर्ने र हुने विश्वास व्यक्त गर्नुभएको थियो। उक्त कार्यक्रममा निमन्त्रणा गरी सम्मानित गर्नुभएकोमा र अहिलेको परिस्थितिमा पनि व्यवस्थित रूपमा कार्यकर्ताको ठुलो सङ्ख्यामा उपस्थित गराएर कार्यक्रमको आयोजना गरी एकतामा जाने बलियो आधार निर्माण गर्नु भएकोमा आयोजक एवं मुख्य नेतृत्व अनि हलमा उपस्थित सम्पूर्ण कार्यकर्तालाई विशेष बधाई तथा धन्यवाद व्यक्त गर्नुभएको थियो।

उक्त कार्यक्रमका अर्का प्रमुख अतिथि पूर्व केंद्रीय अध्यक्ष पाठकले मन्तव्य एवम् प्रशिक्षण बकतब्य राख्दै वर्तमान राष्ट्रिय राजनीति र सरकार बारेमा प्रशिक्षण दिनुभएको थियो। सो क्रममा युगौँदेखि सामन्ती राज्यसत्ताबाट पालित पोषित र परिचालित समाज र सिस्टमलाई रूपान्तरण गर्न केही समय लाग्ने भएकोले कार्यकर्ता र जनताले यो महान् अभियान लाई धैर्यपूर्वक सहयोग र समर्थन गर्नुपर्नेमा जोड दिँदै विविध प्रकारका गुट उपगुट राजावादी मधेसवादी भनिने पार्टीहरू र केही व्यक्तिहरू को राजनीतिक चरित्र र प्रवृत्तिका कारण र बाम शक्ति विखण्डनले गर्दा राष्ट्र र जनताले क्षति बेहोर्नु परेको प्रस्ट पार्दै विगत ७०  वर्ष पछि अहिले आएर पहिलो पटक कम्युनिस्ट पार्टीको स्थायी सरकार आएकोले विपक्षीहरूले विभिन्न खालका भ्रम र षड्यन्त्रहरू गरी सम्भवतः ठुला ठुला घटना घटाउन सक्ने भएकोले कार्यकर्ता र जनता सतर्क रहन अपिल गर्नु भएको थियो ।

वर्तमान सरकारले राष्ट्रलाई एकताबद्ध बनाउँदै दुस्मनको भ्रमहरू चिर्दै उत्पीडित जाति वर्ग लिङ्ग र क्षेत्रको विशेष अधिकार सुनिश्चित गर्दै प्रवासी जनताको चाहना र भावनालाई सम्बोधन गरेको “प्रवासी नेपाली जनताको मौलिक अधिकार स्वास्थ्य शिक्षा स्वदेशमै रोजगार” भन्ने नारालाई ध्यानमा राखी प्रवासमा उच्चशिक्षा हासिल गरेका विद्यार्थीहरू र दक्ष जनशक्तिलाई लोकसेवा अथवा विशेष किसिमको व्यवस्था हुनु पर्नेमा जोड दिनुभएको थियो।

उक्त कार्यक्रमले आफूलाई धेरै प्रभावित गरेको चर्चा गर्दै वर्तमान परिस्थितिमा यसरी उच्च प्रकारको कार्यक्रमको आयोजना गरी पूर्ण रूपले सम्पन्न गर्नु हुने आयोजक समितिलाई र मुख्य लिडर अनि कार्यक्रममा उपस्थित सबैलाई लाई हार्दिक बधाई धन्यवाद सहित कार्यक्रममा आफूले प्राप्त गरेको उच्च सम्मान सदैव कदर र सम्मान गरिरहने प्रतिबद्धता गर्नु भएको थियो।

कार्यक्रममा केन्द्रीय समितिका सचिव भण्डारीले  भेला एवं प्रशिक्षणको आवश्यकता र महत्त्व यस राज्यले खेलेको भूमिकाको साथसाथै यस राज्य अन्तर्गतका केन्द्रीय सदस्यहरूको भूमिका तथा वर्तमान परिस्थितिमा हुन लागेको एकताको प्रसङ्ग सु-विस्तारपूर्वक मन्तव्य राख्नुभएको थियो कार्यक्रमको आयोजना र व्यवस्थापन समय सापेक्षित गरेकोमा आयोजक समितिलाई विशेष धन्यवाद एवं बधाई दिँदै सो कार्यक्रममा प्रवासको शीर्ष नेतृत्व पूर्व अध्यक्ष  पन्त र पाठकलाई उपस्थिति गराई उच्च सम्मान गर्ने अवसरलाई सौभाग्य को रूपमा महसुस गर्दै प्रमुख अतिथि प्रति हार्दिक आभार एवं कृतज्ञता प्रकट गर्नु भएको थियो भने अन्य राज्य बाट आउनु भएको अतिथि हरूलाई विशेष धन्यवाद दिनु भएको थियो । यसै गरी केन्द्रीय सचिव रवि कुमारले  पनि दलितका समस्या र समाधानको बारेमा आफ्नो प्रशिक्षण मूलक मन्तव्य राख्नुभएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता संयुक्त राज्य समितिका इन्चार्ज शेर बहादुर खड्काले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन राज्य सचिव प्रकाश स्याडाले गर्नु भएको थियो।बिच बिचमा दृष्टि सांस्कृतिक परिवारले रोचक गीत र नृत्य प्रस्तुत गरेको थियो।