अभागी सन्दीप: आजपनि दर्शक मात्रै बने - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

अभागी सन्दीप: आजपनि दर्शक मात्रै बने



काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न युएई पुगेका सन्दीप आजको खेलमा पनि अभागी बनेका छन् । आइपिएलको १९ खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले दिल्ली क्यापिटल्सबिरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको टसमा बेंगलोरका कप्तान विराट कोहलीले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । लगातार बेन्चमै रहेका सन्दीप आजपनि दर्शक मात्रै बनेका छन् । चोटका कारण स्पिनर अमित मिश्राले आइपिएल गुमाएपनि सन्दीपलाई खेल्ने मौका दिएको छैन ।

बेंगलोरले आजको खेलमा दुई परिवर्तन गरेको छ । स्पिनर एडम जाम्पाको स्थानमा मोईन अलीलाई मौका दिएको छ । गुरक्रितमान सिंहको स्थानमा तीव्र गतिका बलर मोहम्मद शिराजलाई मौका दिएको छ ।

दिल्लीले टोलीमा एक परिवर्तन गरेको छ । चोटका कारण आइपिएल गुमाएका स्पिनर अमित मिश्राको ठाउँमा अलराउन्डर अक्षर पटेललाई मौका दिएको छ । दिल्लीले अन्य परिवर्तन गरेको छैन । नेपाली लेगस्पिनर सन्दीप लगातार पाँच खेलमा बेन्चमा रहेका छन् ।

दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो । तर तेस्रो खेलमा सनराइजर्स हैदराबादसँग १५ रनले पराजित हुन पुग्यो । चौथो खेलमा कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको थियो ।

यता बेंगलोरले पहिलो खेलमा हैदराबादलाई १० रनले पराजित गरेको थियो । दोस्रो खेलमा पन्जाबसँग ९७ रनको फराकिलो हार बेहोरेको थियो । तेस्रो खेलमा मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको थियो । चौथो खेलमा राजस्थानलाई ८ विकेटले पराजित गरेको थियो ।

दिल्लीको प्लेइङ ११ – पृथ्वी शा, शिखर धवन, शिम्रन हेटमायर, श्रेयस ऐर (कप्तान), ऋषभ पन्त (विकेटकिपर), मार्कस स्टोइनिस, रविचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, एनरिच नोर्टजे र हर्षल पटेल ।

बेंगलोरको प्लेइङ ११ – आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान) एवी डि भिलियर्स, मोईन अली, शिवम दुबे, वासिन्टन सुन्दर, मोहम्मद शिराज, नवदीप सैनी, इसुरु उडना र युजभेन्द्र चहल ।