अभद्र शिक्षा - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

अभद्र शिक्षा



-सुदिप अधिकारी ,बिबिएम

हामी विगत केही वर्षदेखि त्यस्तो शिक्षा पढ्दै आइरहेको छाँै, जसले हामीलाई न शिक्षित बनाएको न त मद्दत नै गरेको छ ।यसले त सिर्फ शिक्षाको नाममा ऊर्जाशील समयको बर्बाद गरिरहेको छ । नेपालमा यस्तो शिक्षा हासिल गर्न कलेज जानु भनेको टायम पास गर्नुृ मात्रा हो जस्तो मलाई लाग्दछ । गरी खाने जोसिलो र ऊर्जाशील समय अलमलाउनु मात्रै हो । किनकि हामी त्यस्तो शिक्षामा यस्तो अमूल्य समय खर्च गरेका छौँ जुन समय अनुकूल छैन,सिपमुलक छैन, वैज्ञानिक छैन, गुणस्तर छैन , विश्व परिवेश र माग अनुकूल पनि छैन , छ त केवल देखावट र बनावटमा आधारित द्रोण सर्टिफिकेटमा सीमित ।यस्तो सर्टिफिकेट लिएर देश विकास र परिवर्तन गर्छु भन्नु भनेको ढृयाङृग्रो ठटाएर घर ठडृयाउछु भन्नु जस्तै हो ।

अव्यवारिक र अज्ञानले भरिएको यस्तो सर्टिफिकेट लिएर आफूलाई मानवता ज्ञानमा दख्खल र ज्ञाती राख्छु भन्नु मूर्खता मात्रै हो ।यस्तो मुर्खाइँकौ सर्टिफिकेटले रुघा लाग्दा सिघान पुछ्ने जति पनि काम गर्दैन । शिक्षा भनेको सिकेको कुरालाई व्यवहारमा उतार्न सक्ने किसिमको हुनुपर्छ ,जीवन उपयोगी हुनुपर्छ, व्यवहारिक हुनुपर्छ ,सर्टिफिकेट र कापी कलममा मात्र सीमित हुनु हुँदैन ।शिक्षाको परिभाषा पास भएको कागज देखाएर जागिर खानेमा मात्रै सीमित हुनु हँुदैन ।पढाइले भन्दा भोगाइ र व्यवहारले सफलता हात पार्न सकिन्छ भने शिक्षाले भन्दा सिपले मानिसलाई महान् बनाउँछ, त्यसैले व्यवहारिक बिनाको घोकन्ते विद्याले दिएको सर्टिफिकेट नालायक ठग हो ।

स्कुल र कलेजहरूमा श्रम र सिपमुलुक विषयहरू सिकाइनु पर्दछ। अध्ययनको विषय किताब र प्रिन्ट गरेका कागजहरू मात्रै होइनन्,बरु संसार हो धर्ती हो। शिक्षा ५र७ वटा प्रश्नको बनावटी र देखावटी उत्तर लेखनमा मात्रै सीमित बनाएर सृजना, समय र शक्तिको हत्या गरिनु हँुदैन। शिक्षा भनेको मानिस भित्र लुकेको प्रतिभालाई प्रस्टफुटन गराउनु हो,अर्कैले खोज अनुसन्धान गरेको विषय वस्तुलाई रात दिन कण्ठ गरेर खाई न पाइको अर्थ हीन प्रतिस्पर्धा गराइ एक अर्कालाई तुलना गर्दै उत्कृष्ट र निकृष्ट बनाउनु होइन। शिक्षा भनेको प्रश्न प्रत्रमा विद्यार्थीलाई candidates are required to give their answers in their own words as far as practicable भन्ने अनि कापी जाँच गर्ने बेलामा विद्यार्थीबाट घोकेकै उत्तर माग्नु होइन । एक कक्षामा पढ्नेलाई जिन्दगीको पहिलो खुड्किलामै घोक्ने क्षमताको परीक्षा लिएर असफल बनाउने शिक्षा प्रणालीले उसलाई भविष्यमा सफल बनाउन सक्दैन । हरेक व्यक्ति अनुपम र अतुलनीय हुन्छन् ,किताब र प्रिन्ट गरेका कागजहरू घोकेर दिइने परीक्षा प्रणालीले मात्रै मानिसको शिक्षा र ज्ञानको मूल्याङ्कन गर्न सक्दैन ।

शिक्षामा प्रेम,खुसी अनि जीवनका रहस्य,यसको आश्चर्य तथा यसको आदर गर्ने विषय वस्तु समावेश गरिनुपर्छ।अरूले पत्ता लगाइसकेका सिद्धान्त र कुराहरूमा सीमित नभई एक नयाँ खोजका लागि शैक्षिक वातावरण मिलाउनु पर्छ। के हुनुपर्छ भन्दै आलोचना गर्नु भन्दा पनि के गर्न सक्छौ भन्ने प्रश्नलाई महत्त्व दिनु पर्छ । विद्यार्थी खराब शिक्षा प्रणालीकै कारण आनन्दको खोजीमा जाँड,रक्सी र ड्रग्सको प्रयोग गरिहगेका छन्।शिक्षाबाट विद्यार्थीहरूलाई प्रतिस्पर्धा र लडाइ गर्न मात्र सिकाइएको छ ,त्यो पनि नाम, दाम, पद, इज्जत, प्रतिष्ठा जस्ता महत्वकाक्षा विषयहरूका लागि जसले गर्दा जीवनमा ज्वरो र तनावको मूल फुटाएको छ ।शिक्षाले त ज्ञान दिन सक्नु पर्छ तर यहाँ त हिंसात्मक गतिविधिले जरा गाड्दै गएको छ।

सन्की पक्षपाती शिक्षक हुनु डरलाग्दो विषय हो । अन्याय र अस्थिरता प्रकट गर्दा नै बुद्धिमान मान्छेको मति बिग्रेको हुन्छ । खराबको बदला खराब होइन बरु नम्रताले ठूलठूला भुललाई सुधार्ने मौका दिन्छ । शिक्षकको खराब आवरण,शैली र व्यवहारले विद्यार्थीलाई कदापि दिगो सुविकास ,सुसिप,सुशिक्षा र सुज्ञान तर्फ मार्गदर्शन गराउन सक्दैन ।राम्रो अङ्क ल्याउनु महत्त्वपूर्ण कुरा हो तर यसैका आधारमा एक शिक्षकले कमजोर विद्यार्थीमाथि गर्ने पक्षपात,अव्यवहार र कुशैलीले विद्याथीहरुको आशा,सपना र जिन्दगीमाथि नै खेलबाड गरिरहेको हन्छ ।शिक्षक भएपछि शिक्षकमा हुनुपर्ने गुणहरू रहनु पर्छ घरमा श्रीमतीसँग झगडा गरेर स्कुलमा आएर अभद्र व्यवहार गर्नु हँदैन । शिक्षकले सबै जानेको हुनुपर्छ भन्ने छैन तर अनुशासन सिकाउनेले पहिला आफू स्वयम् अनुशासित र मर्यादित हुन भने जरुरी छ । शिक्षक आफै रिसाहा, सन्की, अभद्र र पक्षपाती भइदिने हो भने यस्तो शिक्षकको व्यवहारबाट विद्यार्थीले के शिक्षा र कस्तो ज्ञान लिएर अगाडि बडने।

राजनीति विषय पढाउने शिक्षकले नै राजनीति गर्ने र नेपाल कृषि प्रधान देश हो भनेर पढाउने शिक्षकले व्यवहारमा चाहि फेल भइस् भने हलो जोत लास भनी थर्काउछन भने त्यस्तो शिक्षक अनि शिक्षाको के अर्थ ? त्यसैले शिक्षकका समस्या र चुनौती पनि एक ठाउँमा होलान् तर शैक्षिक क्षेत्रको परिवर्तनको सुरुआत शिक्षकहरूबाटै हुन जरुरी छ । शिक्षकले एक्लै शिक्षा प्रणाली परिवर्तन गर्न नसक्लान् तर आफैँलाई त परिवर्तन गर्न सक्छन् नि ?