इजलासबाट प्रधानन्यायाधीश जबरा ‘आउट’, अब के हुन्छ ?
काठमाडौं । संवैधानिक परिषद्मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि प्रश्न उठेपछि इजलासबाट बाहिरिने भएका छन् । संवैधानिक परिषदमा भएका नियुक्ति बदर गर्ने सम्बन्धी मुद्दाको सुनुवाई गर्न गठित संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिने भएका हुन् ।
रिट निवेदक ओमप्रकाश अर्यालले नियुक्तिमा प्रधानन्यायाधीश पनि संलग्न रहेको भन्दै इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि उनी बाहिरिने भएका हुन्।
अहिले संवैधानिक इजलासका न्यायाधीशहरु छलफलमा जुटेका थिए ।प्रधानन्यायाधीश पेसी तोक्ने र फैसला गर्ने अन्तिम दिन अनुपस्थित रहने गरि बाहिरिएको बताइएको छ ।