अब निर्वाचनमा केन्द्रित हुनपर्छ : नेविसङ्घ - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

अब निर्वाचनमा केन्द्रित हुनपर्छ : नेविसङ्घ



हिमाल पोष्ट / २० माघ, काठमाडौं । घोषित स्ववियु निर्वाचनमा २८ वर्षीय उमेर हदका विषयलाई लिएर आवाज उठाइरहेको नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) लाई निर्वाचनमा सशक्त ढङ्गले अघि बढ्न पार्टी नेतृत्वले आग्रह गरेको छ ।

नेपाली काँग्रेसका शीर्ष नेताले आज काठमाडौँ उपत्यकाका नेविसङ्घका नेतालाई बोलाएर छलफल गरी यस्तो निर्देशन दिएको हो । काँग्रेस संसदीय दलमा भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले २८ वर्ष कटिसकेकालाई पार्टीले थप जिम्मेवारी दिने बताउँदै हाललाई निर्वाचनमा केन्द्रित हुन आग्रह गरेको नेविसङ्घका एक नेताले जानकारी दिनुभयो ।

बैठकमा उमेर हद हटाउने या राख्नेबारे छलफल भई फरक फरक धारणा आएकाले शुक्रबार शीर्ष नेतृत्वले टुङ्गो लगाउने निर्णय भएको पब्लिक युथ क्याम्पसका सभापति सुशील तिमल्सिनाले राससलाई जानकारी दिनुभयो ।

बैठकमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री समेत रहनुभएका नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइरालालगायतको सहभागिता थियो । नेविसङ्घले एक पटक उमेर हद हटाएर प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने मागसहित एक सातादेखि विरोधका कार्यक्रम गर्दै आएको छ । त्रिविले आगामी फागुन १४ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकेको छ ।