अबको मुख्य ध्येय नै सुशासन र विकास : प्रचण्ड - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

अबको मुख्य ध्येय नै सुशासन र विकास : प्रचण्ड



ललितपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको मुख्य ध्येय नै सुशासन र विकास भएको बताएका छन्।

मंगलबार बिहान ललितपुरका राजनीतिक तथा सामाजिक अगुवाहरुसँग आफ्नै निवास खुमलटारमा प्रचण्डले छलफल गरेका थिए। ललितपुरबाट प्रतिनिधिसभामा विजयी पम्फा भुसाल लगायतको टोली स्वागत तथा छलफलको लागि प्रचण्ड निवास पुगेको हो। प्रचण्ड केही दिनअघि लाजिम्पाटदेखि खुमलटारमा सरेका थिए।

‘अब छिट्टै पार्टी एकता र सरकार गठन गर्ने प्रक्रिया छ’, छलफलमा प्रचण्डले भने, ‘सरकार गठनसँगै हाम्रो ध्येय भनेको सुशासन र विकासमा केन्द्रित हुनेछ।’ प्रचण्डले ललितपुरको विकासको लागि आफूले गर्न सक्ने जति सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।