महाअभियोग लागेपछि के छन् अबका प्रक्रिया ? - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

महाअभियोग लागेपछि के छन् अबका प्रक्रिया ?



काठमाडौँ- सत्तारुढ तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

संसद सचिवालयमा आइतबार यो महाअभियोग प्रस्ताव दर्ता भएसँगै यसले राजनीतिमा नयाँ तरंग ल्याएको छ । नेकपा एमालेले यसबारे थप निर्णय लिनका लागि सोमबार दिउँसो ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ ।

महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश राणा स्वतः निलम्बनमा परेका छन् । अब यो महाअभियोगको टुंगो नलागेसम्म उनले कुनै पनि काम गर्न पाउने छैनन् । नेपालको संविधानको धारा १०१ को उपधारा ६ अनुसार उनी स्वतः निलम्बित भएका हुन् ।

अब सभामुखले कम्तिमा पनि सात दिनपछिका कुनै पनि बैठकमा यो महाअभियोग प्रस्ताव प्रस्तुत गर्ने पर्नु हुन्छ ।

राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएसँगै अन्य चार न्यायाधीश तथा सभामुखविरुद्ध पनि महाअभियोग प्रस्ताव दर्ता हुनसक्ने सम्भावना बढेको बताइएको छ ।

राणाविरुद्धको यो महाअभियोग प्रस्तावमा प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तिमा दुई तिहाइ बहुमतले पारित गर्नुपर्छ । यसबीचमा ११ सदस्यीय महाअभियोग सिफारिस समिति संसदमा बनाउनु पर्नेछ । यसले राणामाथि लागेका आरोपको छानबिन गर्ने छ ।

यो समितिलाई तीन महिनासम्मको समय दिन सकिनेछ । यसअघि नेपाल नयाँ संविधान जारी भएपछि सर्वोच्च अदालतकै प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्ध पनि महाअभियोग लगाइएको थियो । तर, त्यसलाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।

त्यति बेला त्यो महाअभियोग चोलेन्द्र शम्शेर राणाले नै फैसलामार्फत् खारेज गरिदिएका थिए ।