अवैध भारतीय र नेपाली नोटसहित चार व्यक्ति प्रक्राउ - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

अवैध भारतीय र नेपाली नोटसहित चार व्यक्ति प्रक्राउ



कोहलपुर , चैत ४ गते ।

अवैध भारतीय र नेपाली नोटसहित अञ्चल प्रहरी कार्यालय भेरीले चारजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

भारतीय रु २० लाख चारहजार दुईसय ८० र नेपाली रु सात लाख ३२ हजार आठसय ४० सहित नेपालगन्ज–१ धम्बोजी शिवमन्दिर नजिकैबाट बिहीबार अपराह्न नेलाराम वर्माको घरमा डेरा गरी बस्दै आएका घरबारी टोल–४ मा रामदूत भाँडा पसलका सञ्चालक सन्तोष रायसहित चारजनालाई प्रक्राउ गरेको अञ्चल प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा बाँके कट्कुइया–५ का २८ वर्षीय अहमद अन्सारी, कट्कुइया–४ का उमेर नखुलेका नोर महमद खाँ र नेपालगन्ज–१ धम्बोजीका ३२ वर्षीय राजेश कुम्हार रहेको अञ्चल प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिहर खड्काले जानकारी दिनुभयो ।

बरामद गरिएको रकमको स्रोत नखुलेकाले उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ । रासस