अवैधरूपमा भारत लैजादै गरिएकी युवती सहित दलाल पक्राउ  - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

अवैधरूपमा भारत लैजादै गरिएकी युवती सहित दलाल पक्राउ 



धन बहादुर बिक
पुनर्वास ,कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र हुदै भारततिर लैजादै गरेको अवस्थामा अाईतवार राती दलाल सहित एकजना यूवतीलाई प्रहरीले नियन्त्रणमा लिई महेन्द्रनगर बुझाएको छ ।

पुनर्वासमा रहेको शसस्त्र प्रहरी अस्थायी पोस्ट , महिला विकास शाखा र निडस कञ्चनपुरको विशेष सक्रियतामा सोमबार साझ फटैया हुँदै भारत तिर मोटरबाईकमा लैजाने क्रममा नेपाल भारत सिमा स्तम्भ २०१ नजिकै रहेका भारतिय एस एस वी ले नियन्त्रणमा लिई अबेर राती नेपाल प्रहरीलाई बुझाएको छ भने नियन्त्रणमा लिएका दुबै जनालाई ईलाका प्रहरी कार्यलय बेलौरी बुझाईएको थियो ।

बेचिन लागेकी नुवाकोट घर भएकी २० बर्षिय सुकुमाया तामाङ रहेकि छिन भने भारत लैजाने बेलौरी नगरपालिका – ३ गोकुुलपुरका २८ बर्षिय कृष्ण मल्ल रहेका छन । युवती ले दिएको बयान अनुसार अाफु संगै रहेका अन्य दुई जना युवती लाई भारत कटाईसकेको हो । शनिवार काठमाण्डौ बाट अपरन्ह १२ बजे धनगढीमा झरेकि तामाङलाई बैसाखी का कृष्ण मल्लले अाफ्नो घर ल्याएका र यश अघिनै दुई युवती घरमा भेटेको उनले बताईन । सुरूमा दुई जनालाई भारत पारी पुर्‍याइ पुन अाफुलाई लगिएको पनि सुकुमाया तामाङले बताईन ।

युवती बेचविखन गर्ने गिरोहमा संलग्न मल्ललाई महिला शाखा पुनर्वासकि सदस्य सुकमाया मोक्तान र निडस नेपाल कञ्चनपुर कि सामाजिक परिचालिका सुनिता तामाङ को रोहवरमा सोमबार नै मानव बेचविखन तथा अोसारपसार एेन अन्तर्गत कृष्ण मल्ल को नाममा मुद्दा दायर गरि महेन्द्रनगर लगिएको छ ।

मल्ल सहित चेलिबेटी बेचबिखनमा संलग्न अन्य गिरोह को खोजी गरि मानव बेचबिखन एेन अन्तर्गत कार्वाही हुने ईलाका प्रहरी कार्यलय बेलौरी का प्रहरी निरिक्षक कृष्णदत्त भट्ट ले बताउनु भयो ।

मानवबेचबिखन तथा अोसारपसारमा संलग्न दलालहरूले खुला नाकाको फाईदा उठाउदै जिल्लाको दक्षिण क्षेत्र को बाटोलाई बढी प्रयोग गरिने भएको ले दक्षिणी क्षेत्रमा नागरिक सहायता केन्द्र (हेल्प डेस्क) स्थापना हुनु पर्ने महिला अधिकारकर्मी तथा स्थानीयले माग गरेका छन ।