४५ हजार गैरसरकारी संस्था नै अवैध - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

४५ हजार गैरसरकारी संस्था नै अवैध



काठमाडौं – मुलुकको विभिन्न भागमा फरक फरक उदेश्य लिएर स्थापित गैरसरकारी संस्थाले ९२ प्रतिशतले संस्था नवीकरण गरेका छैनन् ।

हालसम्म दर्ता भएका ४८ हजार ९० मध्ये अहिलेसम्म ४ हजार संस्था मात्रै नवीकरण भएको समाज कल्याण परिषदले जनाएको छ ।

परिषदको तथ्यांकअनुसार ४४ हजार ९० वटा गैरसरकारी संस्थाले नवीकरण गर्न निवेदन दिएका छैनन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

परिषदका सूचना अधिकारी हरि तिवारीका अनुसार जुन संस्थाले ३ बर्ष अवधि पूरा गरेको छ, त्यसले मात्रै नवीकरण गर्न पाउँछ ।