अब सरकारले ‘श्री ५ ओली सरकार’ लेखेर टांग्न मात्रै बांकी छ:गजुरेल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अब सरकारले ‘श्री ५ ओली सरकार’ लेखेर टांग्न मात्रै बांकी छ:गजुरेल



बुटवल । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिष्टको दुइतिहाइ बहुमत देशका लागि अभिशाप भएको दाबि गरेका छन् ।

‘यो सब हुदाहुदै पनि यो सरकार ढल्नेवाला छैन,दुभाग्र्य,संबिधानमै यस्तै ब्यबस्था छ,ओलीको तानाशाहि शैली र प्रमुख प्रतिपक्षी रुजेको बिरालो जस्तो भो’ गजुरेलले भने ।

रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा आयोजित साक्षात्कारमा उनले भने —‘अहिले सरकार नया युगको कुरा गर्दै पोल पोलमा फोटो राख्ने गरिएको अव श्री ५ केपी ओली लेख्न मात्रै बँकी छ ’ ।

नेपाली काग्रेसले पनि प्रतिपक्षको भुमिका देखाउन नसक्दा भिजेको विरालो जस्तै भएको उनको तर्क रहेको छ । उनले ओली सरकारले जतिसुकै गम्भिर गल्ती गरेपनि दुई तिहाईको सरकार हट्न नसक्ने अवस्था रहेको कारण जनतामा निरासा छाएको उनको भनाइ छ ।

९ महिनामा सरकारले नै देशमा राष्ट्रिय स्वाधिनताको उपहास

९ महिनामा सरकारले नै देशमा राष्ट्रिय स्वाधिनताको उपहास गरेको भन्दै जसले बितृष्णा जगाउने काम गरेको बताए । उनले भने–‘ बामपन्थी पनि होइन,प्रतिक्रियाबादीहरुको सरकार बन्यो । ’सरकारले राष्टियताको उपहास गरेको भन्दै नक्सामा कालापानी गायव गर्नु राष्ट्रको नाममा गद्धार गरेको उनको अरोप छ ।
सरकारले कम्युनिष्ट कै नाममा कम्युनिष्टकै उपहास गरेको दाबि उनको छ । करको दायरा फराकिलो बनाउने बहानामा दुनियामा नै नभएको विभिन्न दरहरु बढाएकोमा उनको आपत्ती छ ।

देशका समस्याहरु समाधान गर्नुको सट्टा सरकारले सेवा सुविधा बढाउन तर्फलागेको भन्दै उनले सरकार नै फेल भएकोे दावि गरे ।निर्मला पन्त हत्या काण्डमा सरकार पुर्णरुपमा नै असफल भएको नेता गजुरेलको दावि छ । अव विस्तारै यो घटनालाई अन्तराष्ट्रियकरण हुन थालेको भन्द यसमा देशको अवस्था के कस्तो भन्ने विषयमा जनताले बुझ्ने बेला आएको बताए । उनले सरकारले शिक्षामा माफियाकरण गरेको भन्दै गोविन्द केसीको माग पुरा गर्न नसक्नु आफैमा लज्जाको विषय भएको बताए । उनले भने –‘माफियाहरुकै कब्जामा देश रहेको छ, दलाल र नोकरसाही पुँजीपतीको कब्जामा देश गैसक्यो । ’

बाईट वडी विमान खरिदमा भएको भष्ट्राचारल पञ्चायतमा पञ्चेहरुले गर्ने भष्ट्राचार भन्दा पनि बढि भष्ट्राचार भएको उनको दावि रहेको छ । मन्त्रीहरुकै संलग्नतामा भएको भष्ट्राचारलेले देश कंगालीकरण तर्फ अगाडी बढेको उनको भनाई रहेको थियो ।

राष्ट्रपतीले १८ करोडको गाडी गरिब जनतामाथि उपहास

राष्ट्रपतीले १८ करोडको गाडी किन्नु गरिब जनतालाई उपहास गर्नु बाहेक केही नभएको नेता गजुरेलको भनाई रहेको छ । अस्पतालमा विरामीहरुको विजोग रहेको बेला जनताको सेवा भन्दा पनि सेवा सुविधा वृद्धिमा लागेको भन्दै उनले हेलीप्याड सहितको राष्ट्रपती निवास बनाउन खोज्नु आफैमा लज्जाको विषय भएको आरोप लागाए ।

अव वृहत जनआन्दोलनको जरुरी

साक्षात्कार कार्यक्रममा बोल्दै नेता गजुरेलले अव वृहत आन्दोलनको आधिवेहेरीको आवश्याकता बढ्दै गएको बताएका छन् । अहिलेको सरकारले गरेका विभिन्न गैरनैतिक कुरालाई दबाब दिनको लागि पनि आन्दोलनको आधिवेहेरीको आवश्याता रहेको बताए । उनले देशभक्त गणतान्त्रीक मुक्ती मोर्चा नै बनाएर लागिरहेको भन्दै अव संघर्षको आन्दोलनको तयारी गरिएको बताए ।

स सनो संघर्षबाट अगाडी बढ्दै गएर जनआन्दोलनको तयारी गरिएको बताए । अहिलेको सरकार ५ बर्ष सम्म टिक्न दिन नहुने भन्दै ओलीको विकल्प अर्कोै नेता नभएको भन्दै अहिलेको शासन सत्ता लाई नै परिर्वतन गर्नु आवश्यकता रहेको बताए । अवको विकल्प भनेको क्रान्ती भएको भन्दै उनले क्रान्तीकारी शक्तीनै अहिलेको विकल्प भएको बताए । उनले भने–‘ स साना कामबाट नै क्रान्तीकोको सुरुवात गरिएको भन्दै जसले सार्थकता छिट्टै पाउने छ । ’

जनआन्दोलन, जनसरकार र अर्को आन्दोलनको आवश्यकता रहेको भन्दै अव संघर्षलाई एउटा पाटो बनाएर संघर्षको संखघोष गरिएको नेता गजुरेलको दावि रहेको छ । रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवालीले गरेका थिए ।