अब मात्र ८ सयमा कोरोना परीक्षण - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

अब मात्र ८ सयमा कोरोना परीक्षण



काठमाडौँ- सरकारले कोरोनाभाइरस परीक्षणको शुल्क घटाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गराउन सरकारीमा ८ सय र निजी अस्पतालमा रु. १ हजार ५ सय तोकेको छ। यसअघि सरकारीमा १ हजार निजीमा २ हजार शुल्क तोकिएको थियो।

बुधबार मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले परीक्षण किटको मूल्य घटेकाले शुल्क घटाइएको बताए।

त्यस्तै सरकारी ल्याबमा कोरोना संक्रमणको लक्षण भएकालाई निःशुल्क परीक्षण गरिराखिएको समेत प्रवक्ता अधिकारीले बताए।