नारायणकाजी श्रेष्ठले भने: अब पार्टी फुट्दैन - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

नारायणकाजी श्रेष्ठले भने: अब पार्टी फुट्दैन



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी नफुट्ने बताएका छन्।‬

मंगलबार राति फेसबुक स्टाटस पोस्ट गर्दै श्रेष्ठले पार्टीको स्थायी कमिटीको आजको बैठकसम्बन्धी विवादलाई अतिरञ्जित गरेर नबुझ्न आग्रह गरेका छन्। ‘यो विधिको विषय हो। पार्टीमा ठूलै विग्रह वा फुट विभाजन हुने भयो भनेर सोच्नुपर्ने आवश्यकता छैन’, उनले लेखेका छन्।

उनले फेरि पनि दुई अध्यक्ष र आफूहरु छलफल गरेर बैठक सुचारु गर्ने र संकटको निकासको दिशामा अघि बढ्ने बताएका छन्।

‘सिधा, खुला र स्पष्ट छलफलद्वारा सहमतिमा पुग्ने प्रयत्न जारी रहनेछ’, उनको आग्रह छ, ‘कमरेडहरु! शान्त होऔं, विवेक प्रयोग गरौं र यसमा सहयोग गरौं। ठूलो मेहनत गरेर र महान् क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर एकीकृत गरिएको पार्टी फुट्नु हुँदैन, फुट्न दिइँदैन र फुट्दैन।