अब मलेसिया जान नपाइने - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

अब मलेसिया जान नपाइने



काठमाडौं । सरकारले नेपाली कामदार मलेसिया नपठाउने निर्णय गरेको छ । वैदेशिक रोजगारीका नाममा मलेसिया जाने क्रममा र गएपछि पनि लाखौ नेपाली युवा ठगिएको ठहर गर्दै अर्को निर्णय नहुँसम्मका लागि सरकारले मलेसिया नपडाउने निर्णय गरेको हो ।

सरकारले मलेसिया जाने कामदारमाथि भइरहेको ठगी रोक्न पूर्व श्रम स्वीकृती बन्द गर्दै नेपाली कामदार मलेसिया नपठाउने निर्णय गरेको हो ।

अब तत्काललार्इ भिसा लागिसकेका कामदार बाहेक नयाँ कामदार रोजगारीका लागि मलेसिया जान पाउने छैनन् । पूर्व श्रम स्वीकृती रोकिएपछि मलेसिया जाने चाहनेको भिसा प्रक्रिया रोकिएको छ । मन्त्रालयले जीएसजी, माइग्राम्स, बायोमेटिक, ओएससी, भीएलएन खारेज गरेपछि पूर्व श्रम स्वीकृती बन्द भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माइग्राम्स, ओएससी, भीएलएन, जीएसजीबाट लिने शुल्क अवैधानिक भएको निर्णय गर्दै त्यसलाई रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेपछि प्रहरीले ओएससी र भिएलएनका सञ्चालकलाई केहीदिन अघि पक्राउ गरेको थियो ।

वैदेशिक रोजगार व्यवसायी महासंघले सूचना जारी गर्दै श्रम स्वीकृती बन्द भएको र रोजगारदाता कम्पनीलाई श्रम स्वीकृती बन्द भएको बारे जानकारी गराउन सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीलाई जानकारी गराएको छ ।