१० वर्षभित्र उपत्यकाबाट डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन हटाइने
काठमाडौं, असोज ४ ।
डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई १० वर्षभित्र उपत्यकाबाट पूर्ण रुपमा हटाएर विद्युतीय गाडी ल्याउन संसदमा संकल्न प्रस्ताव पेस भएको छ ।
कांग्रेस सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले संसदमा प्रस्ताव दर्ता गराएका हुन् । उनले काठमाडौं उपत्यकामा सन् २०२७ सम्ममा र नेपालबाटै सन् २०३१ सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन पूर्ण रुपमा विस्थापित गरी विद्युतीय गाडी प्रयोगमा ल्याउने संकल्प घोषणा माग गरेका छन् ।
पछिल्लो समयमा धेरै मुलुकले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन निषेध गरिसकेका छन् । छिमेकी मुलुक भारतले समेत सन् २०३० सम्ममा आफ्नो मुलुकमा बिक्री हुने सम्पूर्ण साना सवारी साधन विद्युतीय हुने भनेर घोषणा गरिसकेको छ । –कान्तिपुर दैनिकबाट