नेपालमा राजनीतिक संकट: अब के हुन्छ ?
काठमाडौं- नेपालमा राजनितिक संकटको अवस्था बनेको छ । देशको राजनीति नयाँ र गम्भीर मोडमा समेत प्रवेश गरेको छ ।
आफै सबैथोक सम्झिने प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् संसद विघटन गरेका छन् । पार्टी मात्र नभई सँसदमा समेत स्पष्ट अल्पमतमा परेपछि न रहे बाँस न रहे बाँसुरीको स्टाइलमा अहिले भर्खर क्याबिनेट बैठक डाकेर संसद्को घांटी निमोठिएको छ ।
संसद विघटनको सिफारिस गर्ने क्याबिनेटको निर्णय अहिले राष्ट्रपतिसमक्ष पथैएको छ । यसबाट दुई दशकअघि नेपाली काङ्ग्रेसमा देखा परेको छत्तिसे र चौहत्तरेको जस्तो बिभाजन नेकपामा देखा परेको छ ।
आफूलाई समस्या परेपछि देशको हालत जेसुकै होस् भन्ने भावना प्रधानमन्त्रीमा प्रस्टै देखिएको छ । चुनावमा जाने वातावरण छ छैन,पार्टी र सरकारको जनतामाझ छवि कस्तो छ,अब यो विषयको टुङ्गो अदालतले कसरी लगाउँछ ! केही भन्न सकिन्न । सँसदै नभएपछि के को प्रमुख प्रतिपक्षी दल,के को सभामुख ! कि प्रधानमन्त्री कि त रास्ट्रपति मात्र रहने अवस्था हुन्छ !