अब कामदारलाई दिनमा ८ घण्टा भन्दा बढी समय काममा लगाउन नपाइने - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

अब कामदारलाई दिनमा ८ घण्टा भन्दा बढी समय काममा लगाउन नपाइने



काठमाडौं– ज्याला मजदुरी गर्ने कामदारलाई दिनमा आठ घण्टा भन्दा बढी समय काममा लगाउन नपाइने भएको छ। मुलुकी देवानी (संहिता) ऐन २०७४ मा गरिएको व्यवस्था अनुसार आठ घण्टाभन्दा बढी अवधिको लागि काम लगाउन नपाइने उल्लेख गरिएको छ।

घरेलु सहायक सम्बन्धि विशेष व्यवस्थामा ज्याला मजदुरी मासिक वा वार्षिक रुपमा निर्धारण गरी भुक्तानी दिनुपर्ने उल्लेख छ। कामदारको हैसियत अनुसार तिन पटक खाना, मौसम अनुसार लगाउने कपडा काम लगाउनेले उपलब्ध गराउनुपर्ने हुन्छ।

कामदारलाई आवास, स्वास्थ्य उपचारका लागि भएको खर्च कामदारको तलबबाट कटौती गर्न नपाइने भएको छ। कामको जोखिम अनुसार सुरक्षात्मक उपायहरुको व्यवस्था गर्नुपर्ने हुन्छ। कामको अवधिमा कामदारको मृत्यु भएमा काजक्रिया खर्च रोजगारदाताले व्यहोर्नुपर्ने हुन्छ।

कुनै व्यक्तिलाई घरेलु कामदार बनाएको एक महिना भित्रमा स्थानीय तहको वडा समितिलाई लिखित जानकारी गराउनुपर्ने छ।