अब दीपक मनाङेलाई पनि सपथ खुवाउने - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

अब दीपक मनाङेलाई पनि सपथ खुवाउने



काठमाडौँ  – गण्डकीको प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरूङ ‘दीपक मनाङे‘ लाई सपथ खुवाउनेबारे आइतबार छलफल हुने भएको छ ।

गण्डकीका सभामुख नेत्रनाथ अधिकारीले मनाङेको सपथबारे छलफल गर्न आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका छन् । उनले मनाङेलाई आजै सपथ खुवाउने तयारी नभएको बताए ।

सर्वोच्च अदालतबाट जमानतमा थुनामुक्त भएपछि एक साताअघि मनाङेले आफूलाई सपथ खुवाउन माग गर्दै सभामुख कार्यालयमा निवेदन दिएका थिए ।

पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै मनाङेलाई ५ वर्ष कैद सजाय हुने भनी गरेको फैसलालाई गएको वैशाखमा सर्वोच्चले सदर गरेपछि मनाङबाट निर्वाचित मनाङे जेल गएका थिए ।

गत वर्ष मंसिरमा भएको चुनावमा मनाङ प्रदेशसभा ‘ख’ बाट नेपाली कांग्रेसका उमेद्वार कर्म गुरुङलाई हराउँदै स्वतन्त्र उमेद्वार गुरुङ निर्वाचित भएका थिए ।

गुरुङलाई सपथ खुवाउनु पर्नेमा नेकपाका सांसदहरु छन् भने प्रतिपक्षी कांग्रेसले सपथ खुवाउन नमिल्ने बताउँदै आएका छन् ।

यसअघि प्रतिनिधि सभामा कैलाली–१ बाट निर्वाचित भएका तर टीकापुर घटनामा संलग्न भएको भन्दै पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलाई बिहीबार सपथ खुवाइएको थियो । विवादास्पद चौधरीलाई सपथ खुवाइएपछि मनाङेलाई सपथ खुवाउने प्रवल सम्भावना रहेको स्रोतको दाबी छ ।