आयुर्वेद डाक्टरले नै भने: आयुर्वेदले कोरोना निको भएको छैन, भ्रम नछरौँ
काठमाडौं- नरदेवी आयुर्वेदिक चिकित्सालयले कोरोनाको औषधि र खोप पत्ता नलागेको समयमा आयुर्वेदिक औषधिको सेवनले कोरोना निको भयो भन्ने भ्रम नछर्न सबैलाई आग्रह गरेको छ ।
सामाजिक सञ्जालहरुमा आयुर्वेदिक औषधिले संक्रमण निको बनाएको जस्ता भ्रम छर्ने सूचनाहरु आएको भन्दै यस्ता अफवाह नफैलाउन आग्रह गरेको हो ।
चिकित्सालयका प्रमुख डा. प्रदिप केसीले महामारी नियन्त्रण गर्न के गर्न सक्छौ भन्ने सोच्न तर नचाहिने हल्ला भने नफैलाउन आग्रह गरे ।
केही आयुर्वेदिक औषधिहरु कोरोना रोगमा प्रयोग भए तापनि सोही औषधीले नै निको बनाएको हो भन्ने भ्रम नफैलाउन उनको आग्रह छ ।