निर्वाचन आयोगले थाल्यो निर्वाचनको तयारी - Himal Post Himal Post
  • ३० असार २०८३, मंगलवार
  •      Tue Jul 14 2026
Logo

निर्वाचन आयोगले थाल्यो निर्वाचनको तयारी



काठमाडौं- सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गरेपछि निर्वाचन आयोगले तयारी थालेको छ ।

निर्वाचनका आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनका सन्दर्भमा सबै स्थानीय तहसँग विवरण मागका लागि समन्वय गर्न आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरेको छ ।

स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचनको सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनका लागि करिब दुई महिना अवधिका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालन गर्न आवश्यक साम्रागीको विवरण माघ मसान्तभित्र अनिवार्य रूपमा आयोगमा उपलब्ध अनुरोध आयोगले अनुरोध गरेको छ ।

त्यस्तै आयोगले मंगलबारबाट मतदाता नामावली संकलन कार्य पनि स्थगित गर्ने भएको छ ।