स्थापितलाई कारबाही माग गर्ने ४५ संस्थासँग आयोगले माग्यो स्पस्टिकरण - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

स्थापितलाई कारबाही माग गर्ने ४५ संस्थासँग आयोगले माग्यो स्पस्टिकरण



काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई कारबाहीको माग गर्ने ४५ संस्थासँग स्पस्टिकरण मागेको छ ।

आयोगले स्थापितमाथि कारबाही माग गर्दै उम्मेदवारी रद्द गर्न भन्दै निकालेको विज्ञप्तिमा जवाफ माग गरेको हो ।

स्थापितलाई कारबाहीको माग गर्दै व्यक्त गरिएको शब्द निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै आयोगले ती संस्थाहरुसँग जवाफ मागेको हो ।

‘महिलाका विषयमा बोलिएको विषयलाई लिएर कारबाहीको माग गरिएको भनिएको छ । कारबाहीको माग गर्दा प्रयोग गरिएका शब्दहरु आफैंमा आचारसंहिता विपरीत भएको भनी सूचना आएपछि तीन दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ’ आयोगका एक आयुक्तले भने ।

आयोगले लिखित जवाफ माग गरेका ४५ संस्थामा महिला पुर्नस्थापना केन्द्र (ओरेक) लगायतका संघसंस्थाहरु छन् ।

केही दिनअघि एउटा कलेजमा भएको कार्यक्रममा स्थापितले महिलाप्रति निकृष्ट शब्द प्रयोग गरेको भन्दै ४५ वटा संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति निकालेर उम्मेदवारी रद्ध गर्न माग गरेका थिए ।