शंकाको घेरामा निर्वाचन आयोग
काठमाडौं- नेकपाको आधिकारिकता विवादमा अनिर्णीत हुँदा निर्वाचन आयोगमाथि प्रश्न उठ्न थालेको छ ।
पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले नेकपाको आधिकारिकतामाथि दाबी गदै निवेदन दिएको १२ दिनसम्म पनि आयोगले त्यसलाई कानुनबमोजिम प्रक्रियामा प्रवेश नै गराएको छैन ।
राजनीतिक दलसम्बन्ध ऐनअनुसार दलको मान्यतासम्बन्धी दाबी नआएकाले नेकपाको विवादमा प्रवेश गर्न नसकेको बताउँदै आएको आयोगले दाहाल-नेपालको दाबीपछि पनि मौनता साँधेको छ ।
दाहाल नेपाल पक्षले माघ २० मा केन्द्रीय समितिको बहुमत पक्ष आफूहरुसँग रहेको भन्दै नेकपाको आधिकारिकाताको मागदाबी गरेर आयोगमा निवेदन दिएको थियो ।