निर्वाचन आयोगलाई ओलीको जवाफ: प्रचण्ड समूहलाई आधिकारिकता नदिनु - Himal Post Himal Post
  • १४ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 26 2026
Logo

निर्वाचन आयोगलाई ओलीको जवाफ: प्रचण्ड समूहलाई आधिकारिकता नदिनु



काठमाडौं- नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समुहले निर्वाचन आयोगलाई पत्र पठाएको छ ।

पत्रमा नेकपासँग राजनीतिक रुपमा विभाजित भएर गएको पुष्पकमल दाहाल प्रचण्ड समूहले बैधानिकता नपाउने दाबी गरिएको छ।

नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा निर्वाचन आयोग पुगेको टोलीले पार्टीको अन्तरिम विद्यानमा महासचिव विना बैठक बस्न नसक्ने लगायतका कारण प्रचण्ड समूहको पार्टी बैधानिक नहुने तर्क पेश गरेको छ।

नेम्वाङका अनुसार नेकपाको अन्तरिम विधानले आधारिकता विवादका बारेमा महासचिवको अनुपस्थितिलगायत अध्यक्षलाई दिएको अधिकारसमेत जोडेर आफ्नो पार्टी बैधानिक भएको दावी गरेको हो।

निर्वाचन आयोगले पार्टीको आधिकारिकता बारेमा प्रश्न उठाउँदै जवाफ मागेपछि प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको समुहले लिखित जवाफ आयोगलाई दिएको हो।