निर्वाचन आयोग जाने तयारीमा नेपाल समूह: नेताहरूलाई बोलाइयो - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

निर्वाचन आयोग जाने तयारीमा नेपाल समूह: नेताहरूलाई बोलाइयो



काठमाडौं- राष्ट्रपति विस्यादेवी भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि नेकपा (एमाले)को माधवकुमार नेपाल पक्ष छलफलमा जुटेको छ ।

नयाँ पार्टी दर्ताको सम्पूर्ण तयारी सकिएको दाबी गरेको नपाल समूहले नेताहरूलाई छलफलका लागि बोलाएको बुखिएको छ । आज नै नयाँ पार्टी दर्ता गर्नका लागि थप तयारी गर्न नेताहरूलाई बोलाइएको स्रोतले बताएको छ ।

नेपाल पक्षका नेताहरू हिजो देखि नै यसको तयारी गरेको बताइएको छ । अहिले भने बानेश्वरस्थित एक होटलमा सांसद र केन्द्रीय सदस्यहरू भेला भएका छन्। माधव नेपालले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी भएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार नेता नेपाल भने अझै आइसकेका छैनन् । नेपाल समूहका एक नेताका अनुसार निर्वाचन आयोगमा आजै जाने तयारी गरिएको छ । दलको विधान र पार्टी संरचना तयार भइसकेको उनले बताए।

राष्ट्रपतिले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरिसकेकी छन्। मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्य भए नयाँ दल गठन गर्न सक्ने व्यवस्था गरिएको छ।