आयोग गठन नगरी फास्ट ट्रयाकमा लालपुर्जा दिन माग - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

आयोग गठन नगरी फास्ट ट्रयाकमा लालपुर्जा दिन माग



चितवन- नेपाल बसोबास बस्ती संरक्षण समाज नेपालले नयाँ आयोग गठन नगरी फास्ट ट्रयाकबाट लालपुर्जा दिन माग गरेको छ ।

समाजले शनिबार चितवनमा पत्रकार सम्मेलन गर्दै सरकारी ढुकुटी मात्रै दोहान गर्ने तर सुकुमबासी सधैँ लालपुर्जाविहीन बनाउने आयोग गठन नगर्न भन्दै छिटो भन्दा छिटो लालपुर्जा दिन माग गरेको हो ।

समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले २०१३ देखि २०४६ सालसम्म ८ वटा र २०४६ पछि अहिलेसम्म १५ गरी २३ वटा भूमिसम्बन्धी समस्या समाधान गर्न आयोग गठन गरे पनि सुकुमबासीलाई भोट बैंकमात्र बनाएको गुनासो गरे ।

आफूहरू सुकुम्वासीमुक्त राष्ट्र निर्माणको अवधारणाका साथ अघि बढेको भन्दै उनले ४० वर्षदेखि बसोवास गरी पटक–पटक भोट हाल्दै आएका भुमिहीन, सुकुमबासी, अव्यवस्थित वसोवासीलाई अब आयोग गठन वा विघठनको बहानामा लालपुर्जाको अधिकारबाट बञ्चित गराउन नपाइने बताए ।

जग्गा सिफारिसको अन्तिम अधिकार वडालाई रहेको भन्दै सिधा र खर्चरहित बाटो अनुसार स्थानीय तहको सिफारिसमा नापी कार्यालयले जग्गा नाप्ने र मालपोत कार्यालयले लालपुर्जा दिने व्यवस्था मिलाउन अहिलेको सरकारसँग माग गरिएको छ ।