निवार्चन आयोगविरुद्ध राप्रपा अदालत जाने, सडक आन्दोलन पनि गर्ने - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

निवार्चन आयोगविरुद्ध राप्रपा अदालत जाने, सडक आन्दोलन पनि गर्ने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्वाचन आयोगविरुद्ध अदालत जाने भएको छ । आइतबार बसेको आकस्मिक पदाधिकारी बैठकले अदालत जाने निर्णय गरेको छ ।

आइतबारको बैठकले निर्वाचन आयोगविरुद्ध कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको हो । माघ २ गते पत्र पठाउँदै निर्वाचन आयोगले राप्रपालाई विधानबाट ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ शब्दावली र पार्टीको झन्डामा रहेको गाई चिह्न पनि हटाउन निर्देशन दिएको थियो ।

आयोगले राप्रपालाई विधानको प्रस्तावनाको बुँदा ४ मा लेखिएको ‘सनातन हिन्दुराष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्र’ तथा विधानको धारा ४(क) मा उल्लेखित झण्डाको मध्ये भागमा गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई सोही बमोजिम अनुसूचीमा समेत उल्लेख गर्न निर्देशन दिएको छ ।

आइतबारको बैठकले आयोगले पठाएको नेपालको संविधानको मर्म र भावना विपरीत भएको निर्देशन पुर्वाग्रही देखिएको ठहर गरेको छ ।

मंगलबार कानुनविद्हरूसँग छलफल गरेर आयोग विरुद्ध मुद्दा दर्ता गर्ने गरी राप्रपाले योजना बनाएको एक पदाधिकारीले बताए । कानुनविद्हरूसँग छलफल गरेर आयोगको निर्णयविरुद्ध अदालत जाने उनले बताए ।

उपयुक्त समय आएपछि जवाफ दिनेगरी राप्रपाले तयारी गरेको बताइएको छ । तर त्यो भन्दा अगाडी राजनीतिक र कानुनी उपचार खोज्ने निर्णय बैठकले गरेको छ ।

राप्रपाले आयोगको निर्णय विरुद्ध सडक संघर्ष पनि सुरु गर्ने निर्णय गरेको बताइएको छ ।