निर्वाचन आयोगले संसद सचिवालयसँग माग्यो एमाले र जसपाको विवरण - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

निर्वाचन आयोगले संसद सचिवालयसँग माग्यो एमाले र जसपाको विवरण



काठमाडौं– नयाँ दुई दल दर्ताका लागि निवेदन परेपछि निर्वाचन आयोगले संसद् सचिवालयसँग विवरण मागेको छ । दुबै दल विभाजन भई आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएकाले सनाखतका लागि विवरण मागेको आयोगले जनाएको छ।

आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालको सांसदहरुको आधिकारिक सूची माग गरेको जनाइएको छ । दल विभाजन गरेर एमाले र जसपाका नेताहरूले नयाँ दल दर्ताका लागि निवेदन दिएका कारण आयोगले आज सनाखत गर्दैछ ।

नेकपा एमालेले नयाँ केन्द्रीय सदस्य अध्यावधिक गर्न दिएको निवेदन आयोगले अध्यावधिक नगरेको आयोगले सचिवालयलाई सांसदहरूको संख्या पठाउन अनुरोध गरेको हो ।

आगोगले आधिकारिक सूची मागेको बताउँदै सचिवालयले मंगलबार नै सूची पठाइसकेको बताइएको छ । हाल राष्ट्रियसभा र प्रतिनिधि सभामा कायम सदस्य संख्याको विवरण पठाइएको हो । हाल दुवै सदनमा गरी एमालेसँग १५४ तथा जसपासँग ३७ सांसद रहेका छन्।