निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक, यी तीन एजेण्डामा छलफल गर्ने - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक, यी तीन एजेण्डामा छलफल गर्ने



काठमाडौं- निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले शुक्रबार दलहरूसँग परामर्श गर्न बैठक बोलाएको बताइएको छ ।

शुक्रबार बोलाइएको बैठकमा थपलियाले बैठकका मुख्यगरी तीन एजेन्डामा छलफल गर्नेगरी तयारी गरेका छन् । बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई मिन्त्रणा गरिएको आयोगले बताएको छ ।

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे जानकारी गराउने तथा स्थानीय तहको निर्वाचन मिति तय गर्नेबारे बैठकमा छलफल हुने बताइएको छ ।

आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए ।

२०७४ को वैशाख र असारमा स्थानीय चुनाव भएको थियो। त्यतिवेला निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठ मा सकिँदै छ।

स्थानीय तहको निर्वाचनको लागि आयोगले तयारी गरिरहेको र त्यसका लागि राजनीतिक दलहरूलाई जानकारी समेत गराइने छ ।