आयो दु:खद खबर :- दक्षिण कोरियामा एक नेपालीको मृत्यु - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

आयो दु:खद खबर :- दक्षिण कोरियामा एक नेपालीको मृत्यु



कोरियामा एक नेपाली युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। महोत्तरी बर्दिवास घर भइ करिब ७ महिना पहिले कोरिया आएका प्रकाश थापा मगर बुधबार बिहान मृत फेला परेका हुन्। उनीसँगै काम गर्ने नेपालीलाई उद्धृत गर्दै एनआरएन कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरूङले सेतोपाटीलाई दिएको जानकारी अनुसार मगरलाई बुधबार बिहानसँगै कार्यरत नेपाली साथीहरुले झुन्डिएको अबस्थामा मृत फेला पारेका थिए।

२५ वर्षीय मृतक मगर कोरियाको पोछनमा एउटा कृषि फारम कार्यरत थिए। उक्त फारममा ३ जना नेपाली कार्यरत छन्। श्रोतका अनुसार कपालको रौँ झर्ने समस्या भएपछि उपचारको लागि नेपाल जान गत मंगलबारको टिकटसमेत लिएका थिए। हिजै नेपाल जानुपर्ने मान्छे तर आज कोरियामै मृत अवस्थामा फेला परेका छन्।

हाल मृतकको शब प्रहरीले नजिकैको अस्पतालमा राखेको छ। सँगै कार्यरत नेपालीलाई प्रहरीले सोधपुछको लागि प्रहरी चौकी लागेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।