नेपालीको प्रतिव्यक्ति बढेर १ लाख ६७ हजार पुग्यो
नेपालीको प्रतिव्यक्ति आय गत वर्षको तुलनमा १६ हजार रुपैयाँले बढेको छ । अहिलेको विदेशी विनिमयदर अनुसार एक नेपालको प्रतिव्यक्ति आय १ लाख ६७ हजार पुगेको छ ।
गत वर्ष यस्तो आय १ लाख ५१ हजार रहेको थियो । अमेरिकी डलरमा प्रतिव्यक्ति आय १३ सय ७२ डलर पुगेको छ । गत वर्ष १२ सय ३९ डलर रहेको थियो ।
प्रतिव्यक्ति आयलाई कुनै पनि देशको नागरिकको औसत समृद्धिको मापकका रूपमा हेर्ने गरिन्छ । प्रतिव्यक्ति आयको गणना गर्न कुल राष्ट्रिय आयलाई कुल जनसङ्ख्याले भाग गरिन्छ।
बिहीबार केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालीहरूको प्रतिव्यक्ति आय एक हजार ३ सय ७२ अमेरिकी डलर छ ।