कैलालीको धनगढीमा आत्मरक्षा तालिम सम्पन्न - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

कैलालीको धनगढीमा आत्मरक्षा तालिम सम्पन्न



कैलाली । कैलालीको धनगढीमा महिलालाई लक्षित गर्दै आयोजना गरिएको आत्मरक्षा शिविर सम्पन्न भएको छ । हप्तादिनसम्म चलेको सो शिविर आज एक कार्यक्रमकाबीच सम्पन्न भएको हो ।

शिविरमा भाग लिएका महिलाहरुले तालिमपछि आत्मविश्वास बढ्नुकासाथै प्रतिकार गर्ने क्षमता बढेको बताएका छन् । उनीहरुले यो शिविर पश्चात महिलामाथि हुने बलात्कारका घटनामा कमी आउने विश्वास पनि तालिम प्राप्त महिलाले अपेक्षा लिएका छन् ।

शिविरमा बलात्कार गर्न खोजे भने कसरी प्रतिकार गर्ने भन्ने विषयमा तालिम सिकाइएको थियो । शिविरको आयोजना सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र राष्ट्रिय गोजुरियो कराते दो संघले संयुक्त गरेका हुन् । यो शिविरमा १७ सयबढी महिलाले तालिम लिएको गोजुरियो कराते दो संघका केन्द्रीय महासचिव प्रकाश चन्दले जानकारी दिए । तस्वीर : भानुभक्त आचार्य