प्रचण्ड-नेपालले गरे आत्मालोचना - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

प्रचण्ड-नेपालले गरे आत्मालोचना



काठमाडौं- विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आत्मालोचना गरेका छन् । उनीहरूले भिडियो सन्देश जारी गर्दै विगतका कमी-कमजोरीप्रति आत्मालोचित हुने बताएका हुन्।

माघ २८ गतेको जनप्रदर्शनका लागि नागरिकहरूलाई आह्वान गर्दै अध्यक्षद्वय प्रचण्ड-नेपालले भोलिका दिनमा विगतको गल्ती, कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता जनाएका हुन् ।

“हामी विगतका भएका आफ्ना कमी-कमजोरीहरूको आत्मसमीक्षा गर्छौं । हुन गएका कमी-कमजोरीहरू सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्छौं,” अध्यक्ष प्रचण्ड र नेता नेपालले संयुक्त रूपमा जारी गरेको भिडियो सन्देशमा भनिएको छ ।

प्रचण्ड-नेपाल समूहले सरकारलाई एकपटक धक्का दिनैपर्ने भएकाले माघ २८ गतेको विकल्प रोजिएको बताएका हुन् ।