दिल्लीमा आत्महत्या गरेकी महिला ३ दिनपछि बैङ्गलोरमा जीवित भेटिएपछि... - Himal Post Himal Post
  • १४ मंसिर २०८१, शुक्रबार
  •      Fri Nov 29 2024
Logo

दिल्लीमा आत्महत्या गरेकी महिला ३ दिनपछि बैङ्गलोरमा जीवित भेटिएपछि…



एजेन्सी : गत जुलाइ ५ मा नयाँदिल्लीबाट एक महिला हराएपछि उक्त घटना समाचारकै रूपमा सार्वजनिक भयो ।

कोमल तलान नामकी ती महिलाले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान थियो । एक बिमा कम्पनीको ‘ट्रेनिङ म्यानेजर’को रूपमा कार्यरत कोमल आफ्नो कारसहित हराइरहेकी थिइन् ।

प्रहरीले खोजी गर्दा उनको कार उत्तर प्रदेशको घाजियाबादस्थित हिन्दोन ब्रिज नजिकै पार्क गरिराखेको अवस्थामा भोलिपल्ट जुलाइ ६ मा मात्रै भेटियो । प्रहरीले कोमललाई भेट्न नसके पनि सुसाइड नोट चाहीँ फेला पार्यो ।

सुसाइड नोटमा महिलाले आफ्ना श्रीमान र ससूराले आफूमाथि दबाव र तनाब श्रृजना गरेको भन्दै आत्महत्या गरेको लेखेकी थिइन् । कोमलका बावुले समेत छोरीलाई परिवारमा पीडा दिने गरेको प्रहरीसमक्ष बताएका थिए ।

प्रहरी टोली त्यही हिन्दोन नदीमै उनको शव खोजी गरिरह्यो । तीन दिनसम्म खटिँदा पनि प्रहरीले शव भेट्न सकेन प्रहरीले । सोही नदीमा उनले हाम फालेर आत्महत्या गरिन् भन्ने प्रहरीको बुझाइ थियो ।

तीन दिनपछि भने घटनाले अर्कै रूप लियो । प्रहरीको अनुसन्धान टोलीले कोमल आफ्ना केही साथीसँग सम्पर्कमा आएको खबर पत्ता लगायो । यसपछि प्रहरी थप अनुसन्धानको लागि जयपुर पुग्यो । जहाँ उनीहरुले कोमल मुम्बइ पुगेको खबर पाए । जब मुम्बइ पुग्यो प्रहरी टोली त्यसपछि फेरि कोमल बैङ्गलोरमा रहेको सूचना पायो ।अन्ततः प्रहरीले दिल्लीको नदीमा ‘आत्महत्या’ गरेकी महिलालाई बैङ्गलोरमा पुगेर फेला पारेको छ । उनलाई प्रहरीले उद्दार गरिसकेको छ । महिलाले परिवारबाट यातना भोग्ने गरेको भने सत्य रहेको बताइएको छ । भारतीय मिडियाले जनाए अनुसार स्थानीय प्रहरीले यस्तो घटनालाई अनौठो घटनाको रूपमा लिएको छ ।