क्रोएसियाको अात्मघाती गोलद्वारा फ्रान्सको अग्रता - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

क्रोएसियाको अात्मघाती गोलद्वारा फ्रान्सको अग्रता



मस्को- रुसमा जारी  विश्वकप फुटबलको उपाधिका लागि अहिले फ्रान्स र क्रोएसिया भिडिरहेका छन्। मस्कोस्थित लुजनिकी मैदानमा भइरहेको खेलको पहिलो हाफ जारी रहँदा फ्रान्स १-० गोलले अगाडि छ।

क्रोएसियाका मारियो मान्जुकिचबाट १९ औं मिनेटमा आत्मघाती गोल भएको छ। एन्टोइन ग्रिजम्यानको फ्रिकिक क्लियर गर्ने प्रयास गर्दा बल मान्जुकिचको टाउकोमा लागेर गोलपोष्टभित्र छिरेको थियो। विश्वकपको फाइनलमा पहिलोपटक आत्मघाती गोल भएको हो।

फ्रान्स दोस्रोपटक र क्रोएसिया पहिलोपटक विश्व विजेता बन्न प्रयाश गर्दैछन्।  क्रोएसिया पहिलोपटक र फ्रान्स तेस्रोपटक फाइनल पुगेको हो। अन्तर्राष्ट्रिय फुटबलमा क्रोएसियाले फ्रान्सलाई अहिलेसम्म हराउन सकेको छैन।

विश्वकपमा यी दुई टोली दोस्रोपटक भिड्न लागेका हुन्। सन् १९९८ को विश्वकपको सेमिफाइनलमा यी दुई टोली पहिलोपटक भिडेका थिए। त्यतिबेला क्रोएसियालाई २-१ गोलले हराएको फ्रान्स पछि विजेता नै बनेको थियो।