छुट्ने भइन आस्था: मिलापत्र हुँदै - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

छुट्ने भइन आस्था: मिलापत्र हुँदै



काठमाडौं- गायिका आस्था राउत छुट्ने भएकी छन् । राउतलाई मिलापत्र परेर छाड्ने तयारी भएकाे छ।

परिवारका सदस्यसँगै बिहान महानगरीय प्रहरी परिसर टेकु पुगेकी उनलाई मिलापत्र गरेर छाड्ने तयारी भएकाे स्राेतले बतायाे।

आस्थालाई सरकारी वकिलको कार्यलयमार्फत जिल्ला प्रशासन कार्यलय काठमाडाैंमा उपस्थित गराउने तयारी भएकाे छ। त्यसअघि उनकाे वीर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएकाे थियाे।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएकाे विवादमा प्रकाउ पुर्जी जारी भएपछि उनी आज प्रहरी कार्यालय गएकी हुन्।

प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि आस्थाकाे परिवार उनलाई प्रहरी कार्यालयमा हाजिर गराउन सहमत भएकाे थियाे। साेहि सहमतिअनुसार आस्था परिवारका सदस्यकाे साथ प्रहरी कार्यलय पुगेकी हुन्।


उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएकाे थियाे। माघ ५ मा गायिका आस्थाविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियाे।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएकाे विवादमा प्रकाउ पुर्जी जारी भएकाे हाे।