भारतीय गृहराज्यमन्त्रीका छोरा पक्राउ - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

भारतीय गृहराज्यमन्त्रीका छोरा पक्राउ



काठमाडौं- भारतीय गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशिष मिश्रालाई प्रहरीले पक्राउ गरेको छ।

गत साता उत्तर प्रदेशको लखिमपुर खिरीको तिकुनियामा गाडीले किचेर किसान मारेको आरोपमा मिश्रालाई लखिमपुर खिरी प्रहरीले पक्राउ गरेको हो। उनीमाथिउत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाको तिकुनियामा आफ्ना बुवालाई कालो झन्डा देखाउन खोज्ने किसानलाई गाडीले किचेर मारे अभियोग लागेको छ।

१२ घन्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको डीआईजी उपेन्द्र अग्रवालले बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। उनीविरुद्ध सोमबार अदालतमा सुनुवाइ हुनेछ।

उनीमाथि हत्या, दुर्घटनामा ज्यान लिएको र सवारी चलाउन लापरवाही गरेको आरोप लगाइएको छ।

गत साता तिकुनीयामा प्रदर्शनमा उत्रिएका किसानलाई मिश्रासहितले गाडीले किचेको दाबी गरिएको छ। उक्त घटना र त्यसपछि भड्किएको हिंसामा आठ जनाको ज्यान गएको थियो।