कोरोनाको चपेटामा परेको भारतमा शक्तिशाली भूकम्प: ठुलो क्षतीको अनुमान - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

कोरोनाको चपेटामा परेको भारतमा शक्तिशाली भूकम्प: ठुलो क्षतीको अनुमान



काठमाडौं- कोरोना संक्रमणको चपेटामा परेको भारतमा शक्तिशाली भूकम्प गएको छ । भारतको असममा बुधबार बिहान ६.४ म्याग्नेच्युटको भूकम्प गएको हो ।

भारतको राष्ट्रिय सेन्टर फर सिस्मोलोजीका अनुसार बुधबार बिहान स्थानीय समयअनुसार सात बजेर ५१ मिनेटमा ६.४ म्याग्नेच्युटको भूकम्प गएको थियो । यसको इपिसनेटर सोनितपुरमा रहेको बताइएको छ ।

भूकम्पले उत्तर बंगालका साथै पूर्वी नेपालका केही भूभागमा पनि झड्का महशुस भएको छ । असमका मन्त्री हेमन्त विश्वकमा समाजिक सञ्जालमा भूकम्पले तिव्र झड्का दिएको लेख्दै केही तस्वीर पनि शेयर गरेका छन् ।

अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन । असमका मुख्यमन्त्री सर्वानन्द सोनावालले मानिसहरुलाई सचेत रहन आग्रह गरेका छन् ।
गुहाटीसमेत केही क्षेत्रमा पर्खार भत्किुनका साथै चिरा परेका छन् ।