युवाहरुले गठन गरे आर्थिक उत्थान कोष - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

युवाहरुले गठन गरे आर्थिक उत्थान कोष



देबेन्द्र केसी/नयाँ दिल्ली
रुपन्देहीमा रहेर विभिन्न पक्षहरूमा समाजसेवा र देशसेवामुलक कार्य गर्दै आइरहेका भुर्तुङ्गेली युवाहरूले आफ्नै लगानी र आफूहरूले नै कर्जा प्रवाह गर्ने गरी ‘आर्थिक उत्थान कोष’ को गठन गरेका छन्।

गुल्मी-भुर्तुङ्ग(छापचौर)जन्मस्थान भएका यी युवाहरूले रुपन्देहीमा रहेर विभिन्न क्षेत्रमा आफ्नो योगदान दिँदै आएको सर्वविदितै छ। ‘छापचौरको लगानी,छापचौर कै हितमा’ भनेर हामीहरूको व्यापक छलफल र लगानी एकीकृत गरी १० गते लक्ष्मी पुजाका दिन एक तदर्थ समिति बनाई बिधिवत रूपमा आर्थिक उत्थान कोष निर्माण गरेका छौ’ नव गठित कोषका कोषाध्यक्ष टिका सुबेदीले भने।

हाल सत्र जनाको टिम रहेको यो कोषमा प्रति सदस्य अधिकतम बिस हजार रुपैयाँ र न्यूनतम पाँच हजार रुपैयाँ सदस्यता रकम कायम गरिएको छ।भुर्तुङ्ग जन्मघर भएका र हाल नेपाल तथा विदेशको जुनसुकै स्थानबाट सदस्यता प्राप्त गर्ने र कर्जा लिने सुविधा कोषले दिएको छ।

‘कर्जा प्रवाह गर्दा न्यूनतम ब्याजदरमा तिन जना ‘विट्नेस’ लिएर र सामान्य कागजी प्रक्रियाबाट सबैको पहुँचमा हुनेगरि सुविधाजनक प्रक्रिया अपनाइनेछ’नव गठित कोषका अध्यक्ष सन्तोष पौडेले भने। अति उत्साहजनक प्रक्रियाबाट गठन भएको कोषले अहिले पाँच लाखको जमा पुँजी बनाएको छ।

नव गठित तदर्थ समितिले व्यापक भेला डाकेर पुर्णसमिति बनाउने सहमति सहित सन्तोष पौडेलको अध्यक्षतामा निम्न पदाधिकारी तथा सदस्यहरू कायम गरेको छ।
उपाध्यक्ष: फट्टिक केसी
उपाध्यक्ष: कुल ब. कार्की
सचिव: सागर केसी
सह-सचिव: बिसन केसी
कोषाध्यक्ष: टीका सुबेदी
सदस्यहरुमा:
१.दीपक क्षेत्री
२.रमेश क्षेत्री
३.मोहन पौडेल
वरिष्ठ सल्लाहकार हरु:
१.नरेश क्षेत्री
२.विजय ढकाल
३.उत्तम श्रेष्ठ

नवगठित कोषले वैदेशिक रोजगारबाट फर्किएर नेपालमै स्वरोजगार अपनाउन चाहने युवाहरूलाई विशेष ग्राह्यता दिने र स्वरोजगार अपनाउन र स्वालम्बी बन्न अभिप्रेरित गर्ने आफ्नो ‘माईन्युट’मा जनाएको छ।

गजबको कुरा त के भने युवाहरूको यो कदमलाई सो क्षेत्रका बुद्धिजीवी वर्गले पनि सकारात्मक र सेवामूलक भएको भन्दै प्रशंसा गरेका छन् र आफूहरू पनि काँध थाप्न तयार भएको बताएका छन्।