आ.व. २०७५/७६ मा ढल ब्यवस्थापन पहिलो प्राथमिकतामा हुन्छ : वडाध्यक्ष बिष्ट(फोटो फिचर) - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

आ.व. २०७५/७६ मा ढल ब्यवस्थापन पहिलो प्राथमिकतामा हुन्छ : वडाध्यक्ष बिष्ट(फोटो फिचर)



मंगल बास्कोटे
लम्की,कैैैलाली । कैलालीको लम्की चुहा नगरपालिका वडा नं.५ का वडा अध्यक्ष माया बिष्टले एक बर्षिय छोटो परिक्षण कालमा थोरै भएपनी जनअपेक्षा पुरा गर्न सफल भएको बताउनु भएको छ ।

स्थानिय तहको निर्वाचन पश्चात हामी जनप्रतिनिधि भएर आयौ तर स्थानिय तह सञ्चालन ऐन नबनि सकेको हुदा कामकारबाहीमा सकस भयो । तर ,यसै बिचमा पनि जनता माझ बोलेका केही प्रतिबद्धताहरु आफुहरुले पुरा गर्न सफल भएको अध्यक्ष बिष्टले बताउनु भयो । यो एक बर्षिय कार्यकाललाई सिकाई तथा उपलब्धीको कार्यत्रकालको रुपमा हेरेकी छु बिष्टले भन्नुभयो,” किन की सिक्दै जादा केही बिकासका उपलब्धीहरु पनि हासिल गर्न सफल भएका छौ ।” आर्थिक बर्ष २०७४/७५ मा सडक निर्माण तथा ग्राभेलको कामलाई बढी महत्व दिदै लम्कीचुहा नगरपालिकामा २६५ किलोमीटर बाटो ग्राभेल तथा सडक निर्माण गरिएको छ । वडा नं.५ को हकमा कुरा गर्ने हो भने २८ किलोमीटर सडक निर्माण तथा ग्राभेल सम्पन्न गरिएको अध्यक्ष बिष्टले बताउनु भयो ।

त्यस्तै बिभिन्न ठाउँमा आवस्यकता महसुस गर्दै ४ स्थानमा ४ वटा कल्भर्ट निर्माण गरिएको र ढिलै गरि भए पनि नालाबाट पानी निकासका लागी ह्युम पाईप बिछ्याउने काम पनि सम्पन्न भईसकेको बिष्टले बताउनु भयो । लम्की चुहा नगरपालिका वडा नं.२ र ५ मा निर्माण हुन लागेको नेपालकै एक उत्कृष्ट परिकल्पीत नगर उद्यानको पनि निर्माण कार्य सुरु गरेको जानकारी गराउनु भयो । अध्यक्ष बिष्टका अनुसार सडक ग्राभेल र सडक निर्माण मात्र नभएर अन्य सामाजिक विकास, कृषि ,स्वास्थ्य,शिक्षामा पनि आवश्यकताका कामहरु सम्पन्न गरिएका छन । जस्मा कृषि कार्यका लागी ८ वटा बोरिङहरु किसानहरुको आवस्यकतालाई मध्यनजरगरी बितरण गरिएको छ भने वडा नं.५ मा रहेका बिभिन्न ५ वटा सामुदायिक बिद्यालयमा घेरा पर्खाल र कम्प्युटर खरिदको लागी माग आएको हुदा त्यस्लाई पनि सहजै रुपमा माग पुर्ति गरिएको छ । महिलाहरुले प्रत्येक महिना बालबालिका लाई खोप लगाउन जादा बस्ने भवनको अभाव खड्टीएको हुदा अहिले खानेपानी शौचालय सहितको खोप केन्द्र रोरा ढिकमा निर्माण गरेको बताउनुु भएको छ ।

देश परिवर्तन गर्ने देशका कर्णधार युवाहरु लागुऔषधमा लागेर निकै डरलाग्दो अवस्था देखापरेको बिद्यमान परिस्थीतीलाई हेक्का राख्दै युवा लक्षित युवा स्वरोजगारका कार्यक्रमहरु आगामी आर्थिक बर्ष २०७५/७६ मा अनिवार्य लागु गर्ने समेत बिष्टले बताउनु भयो । अव अभिमुखिकरणका नाममा कार्यक्रम गोष्टी गर्ने परिपाटिको अन्तय गर्दै आयआर्जन र सिपबिकासका कार्यक्रमहरुलाई जोड दिने बताउनु भयो । यो आर्थिक बर्षमा पहिलो प्रथामिकता बाटोलाई दिएका थियौ भने आर्थिक बर्ष २०७५/७६ मा जनताको मागलाई कदर गर्दै ढल ब्यवस्थापन पहिलो प्राथमिकतामा हुने कुरामा वडा अध्यक्ष बिष्टले जोड दिनु भयो ।

साथ साथै दोस्रोमा कृषिलाई प्राथमिकतामा राखिने छ ,वडा नं.५ लाई कृषिमा एउटा पकेट क्षेत्रको रुपमा लैजाने तयारीमा रहेको बताउनु भएको छ । हाम्रो समाजमा ब्यप्त रहेका परम्परागत बिभिन्न कु–संस्कार जस्तै छाउपडि प्रथा,छातिय छुवाछुत लगाएतका सामाजिक अन्धविस्वासहरुका बिरुद्धमा अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरेर निर्मुल पार्ने बताउनु भयो । यो आर्थिक बर्षमा धेरै नै बिकासका कामहरु सम्पन्न भए तर त्यस मध्य आफ्नो उपलब्धीको रुपमा रोरा ढिकमा निर्माण भएको खोप केन्द्र र बाटो निर्माणलाई लिएको वडाध्यक्ष बिष्टले बताउनु भयो ।