अर्जेन्टिनाका समर्थकले थुके, मेस्सीलाई भने सन्यास लेउ - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

अर्जेन्टिनाका समर्थकले थुके, मेस्सीलाई भने सन्यास लेउ



एजेन्सी । क्रोएसियासँग ३–० को लज्जास्पद हारपछि अर्जेन्टिनाका समर्थकहरु टोलीसँग क्रुद्ध बनेका छन् ।

क्रोयसियाका एन्टे रेबिकले दोस्रो हाफको ५३ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै लुका मोड्रिचले खेलको ८० औं मिनेटमा दोस्रो गोल गरेका थिए भने ९१ औं मिनेटमा इभान रयाकिटिचले तेस्रो गोल गरेका थिए ।

यतिबेला खेलपछि अर्जेन्टिनाका समर्थकहरुले थुक्दै गरेको तस्विर समेत सार्वजनिक भएको छ । उनीहरुले टनेलमा प्रवेश गर्दै गरेका खेलाडीहरुमाथि थुकेको बताइए पनि त्यो अझै पुष्टि भने हुन सकेको छैन ।

उता, क्रोएसियाबिरुद्ध कमजोर प्रदर्शन गरेका मेस्सीलाई फ्यानहरुले अब फेरि सन्यास लिन सुझाव दिइरहेका छन् ।