आन्तरिक उडानहरू तत्काल नखुल्ने - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

आन्तरिक उडानहरू तत्काल नखुल्ने



काठमाडौं – कोरोना महामारीका कारण आन्तरिक उडानहरू तत्काल संचालन हुन नसक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् । उनले आन्तरिक उडान तत्कालै चल्ने अवस्था नभएको बताएका हुन्।

मन्त्री भट्टराईले आर्थिक वर्ष २०७६/०७७ को प्रगतिपुस्तिका सार्वजनिक कार्यक्रममा उक्त कुरा बताए।उनले कोभिड १९ का संक्रमितको अवस्था बढ्दै जाँदा आन्तरिक उडान अनिश्चित भएको बताए।

‘कोभिडका संक्रमितको संख्या बढ्दै जाँदा तत्काल आन्तरिक उडान गर्ने सम्भावना छैन’, भट्टराईले भने, ‘पहाडी र हिमाली क्षेत्रमा उडान गर्न सकिन्छ कि भनेर छलफल गर्दै छौँ।’

उनले मन्त्रालय आन्तरिक उडान खोल्ने कुरामा सकारात्मक भए पनि कोभिडको जोखिमलाई ख्याल गर्दै अघि बढ्ने बताए। उनले चाडपर्वनजिकै आएको भन्दै आन्तरिक उडान खोल्ने अवस्था भने आएको बताए।

त्यस्तै अन्तर्राष्ट्रिय उडानमा दैनिक ५ सय मात्रै आउन पाउने संख्या कम भएको स्वीकार गर्दै जोखिमलाई पनि ख्याल गर्दै संख्या बढाउने उनको भनाइ छ।

‘हवाइ यात्रुले सरकारले बनाएको नियम मान्ने र संक्रमितको संख्या बढेन भने ५ सयभन्दा बढीलाई पनि व्यवस्थापन गर्न सक्छौँ’, उनले भने ।

वायुसेवा सञ्चालक संघले भदौ १६ गतेबाटै आन्तरिक उडान नखोले आन्दोलन गर्ने चेतावनी दिइसकेको छ।