बालुवाटार वार्तापछि एमाले नेताहरू बालकोटमा, कांग्रेस नेताहरू बालुवाटारमा जुटे - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

बालुवाटार वार्तापछि एमाले नेताहरू बालकोटमा, कांग्रेस नेताहरू बालुवाटारमा जुटे



काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच बालुवाटारमा भएको वार्ता सकारात्मक भएको बताइएको छ । संसदको अवरोध खुलाउनका लागि एमालेले राखेका अडानमा कांग्रेस लचक भएपछि वार्ता सफल भएको बताइएको छ ।

दुई पार्टीबीचको वार्ता सकारात्मक भएको नेताहरले बताएका छन् । थप रणनीति बनाउन एमालेका नेताहरु अध्यक्ष केपी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा थप छलफलका लागि जुटेका छन् ।

यता एमालेसँगको छलफलपछि कांग्रेसका नेताहरू पनि आन्तरिक छलफलमा बसेका छन् । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरूले छलफलमा बसिरहेका छन् ।

एमाले वार्तामा सहभागी एक नेताले सदनमा एमालेको सहभागिताका सन्दर्भमा आफूहरुले उठाएका मागप्रति प्रधानमन्त्री सकारात्मक बने पनि निष्कर्षमा भने नपुगिएको बताए ।

उनले आफूहरु थप छलफलका लागि अध्यक्ष ओलीको निवासमा आइपुगेको बताए । कांग्रेस र एमालेबीच शुक्रबार विहान पुनः छलफल हुँदैछ ।