आन्तरिक उडान तत्काल खोल्ने तयारी - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

आन्तरिक उडान तत्काल खोल्ने तयारी



काठमाडौं- सरकारले नियमित उडान संख्या थप गर्नेभएको छ। अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय भएको हो।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवका बीचमा भएको छलफलपश्चात् प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीचको उच्चस्तरीय परामर्शबाट अन्तराष्ट्रिय उडान संख्या थप गर्ने निर्णय भएको हो।

आन्तरिक उडान पनि खोलिने

बिहीबार नै आयोजित भर्चुअल कार्यक्रममा मन्त्री भट्टराईले आन्तरिकतर्फ नियमित उडान सञ्चालनको तयारी पनि भइरहेको जानकारी दिए।

जसका लागि बिहीबार नै आफूले सीसीएमसी सचिवालयमा प्रस्ताव पठाएको उनले जानकारी दिए। यो खबर आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन्।

असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने आफ्नो प्रस्ताव भए पनि छलफलपछि असोज १५ देखि उडान गर्न सकिनेतर्फ पनि उनले संकेत गरे।