असम्भव खेललाई आन्द्रे रसेलले जिताए : कोहलीको समूह पराजित - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

असम्भव खेललाई आन्द्रे रसेलले जिताए : कोहलीको समूह पराजित



एजेन्सी । कोलकत्ता नाइट राइडर्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । शुक्रबार भएको रोमान्चक खेलमा कोलकत्ताले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराएको हो।

बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट मैदानमा बैंगलोरले दिएको २०६ रनको लक्ष्य कोलकत्ताले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर  पुरा गर्यो । कोलकत्ताको जितमा आन्द्रे रुसेलले आक्रमक ब्याटिङ गर्दै १३ बलमा अविजित ४८ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली बैंगलोरले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर २०५ रन बनाएको थियो ।

बैंगलोरका लागि कप्तान विराट कोहली र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले । कोहलीले ८४ तथा डी भिलियर्सले ६३ रनको योगदान दिए ।

यस्तै मार्कुस स्टोईनिसले अविजित २८ तथा अक्षर पटेलले २५ रन बनाए । कोलकत्ताका सुनिल नारिने, कुलदीप यादब र नितिस रानाले समान १/१ विकेट लिए ।