आन्द्रे रसेल र सन्दीप लामिछाने आमने सामने : डर र खेल - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

आन्द्रे रसेल र सन्दीप लामिछाने आमने सामने : डर र खेल



काठमाडौं : भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (शुक्रबार) एक खेल हुँदैछ ।

आईपीएलमा शुक्रबार नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्दैछ ।

कोलकत्तास्थित इडेन गार्डेनमा दिल्ली र कोलकत्ताबीचको खेल राति ८:१५ मा सुरु हुनेछ । र, दुवै टोली जित निकाल्ने लक्ष्य सहित मैदान उत्रने छन् ।

सन्दीपको टिम दिल्ली कोलकत्ताविरुद्ध चौंथो जितको खोजीमा रहने छन् । दिल्लीले ६ खेलमा २ जित निकालेको छ । दिल्ली छैटौं स्थानमा छ ।

तर, दिल्लीलाई घरेलु टोलीसंग जित निकाल्न कठिन हुनेछ । किनकि कोलकत्ताले यस सिजन उत्कृष्ट खेलिरहेका छन् ।

दिल्लीलाई कोलकत्ताका आन्द्रे रसेलको मुख्य डर हुनेछ । किनकि कोलकत्ताका अधिकांस जितमा रसेलको एक्लो योगदान रहेको छ ।

यस्तै कोलकत्ता पाँचौं जितको खोजीमा हुनेछन् । दोस्रो स्थानको कोलकत्ता ६ खेलबाट ८ अंक रहेको छ ।

जारी पहिलो सिजनको पहिलो भेटमा भने दिल्लीले कोलकत्तालाई सुपर ओभरमा हराएको थियो ।

कोलकत्ताविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई मैदान उतार्ने सम्भावना बलियो रहेको छ । किनकी सन्दीपले पछिल्लो खेलमा उत्कृष्ट बलिङ गरिरहेका छन् ।

दिल्लीले सुरुवाती दुई खेलमा भने सन्दीपलाई खेलाएको थिएन् । त्यसपछिका खेलमा सन्दीपले निरन्तर टिममा बनाउदै आएका छन् ।