ओलीविरुद्ध प्रचण्ड–नेपाल पक्षको चरणवद्ध आन्दोलन घोषणा: यस्ता छन् कार्यक्रम - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

ओलीविरुद्ध प्रचण्ड–नेपाल पक्षको चरणवद्ध आन्दोलन घोषणा: यस्ता छन् कार्यक्रम



काठमाडौं- प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव पक्षले पहिलो चरणमा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

बिहीबार सकिएको उक्त पक्षको केन्द्रीय कमिटीले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलन परिचालन समितिको कमाण्डर तोक्दै पहिलो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

संघर्षका सार्वजनिक कार्यक्रमअनुसार सरकारविरुद्ध लक्षित पहिलो चरणको आन्दोलन ‘नरम हुने’ देखिएको छ । बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता श्रेष्ठले दोस्रो चरणका आन्दोलनका कार्यक्रम कडा हुने बताए ।

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पहिलो चरणका आन्दोलनका कार्यक्रम नरम हुने र आवश्यक परे अर्को चरणमा नेपाल बन्द गर्नेसम्मका कार्यक्रममा जाने बताएका थिए।

यस्ता छन् पुस महिनाभरका कार्यक्रमः

पुस १०ः बिहान साढे नौं बजे माइतीघर मण्डलामा र १२ बजे निर्वाचन आयोगमा पार्टीका केन्द्रीय सदस्य र पार्टीको तर्फबाट विघटित संसदमा रहेका सांसदहरुको उपस्थितिमा कार्यक्रम संचालन गरिने ।

पुस ११ः प्रदेश कार्यालयको संयोजनमा छलफल हुने र एक हप्ताभित्र प्रदेश कमिटीका बैठक सम्पन्न गरिने ।

पुस १२ः ७७ वटै जिल्लामा जिल्ला स्तरीय कार्यकर्ता भेला सम्पन्न गरिने । उक्त भेलमा प्रतिनिधिसभा विघटनविरुद्ध संघर्ष कसरी अगाडि बढाउने ? भन्नेबारे अभिमुखीकरण कार्यक्रम गरिने ।

पुस १४ः राजधानीमा र जिल्ला जिल्लामा प्रतिनिधिसभाको विघटनविरुद्ध विरोध कार्यक्रम संचालन गरिने । त्यस्तै सबै जनवर्गीय संगठन र मोर्चा संगठनका केन्द्रीय बैठक र भेला आयोजना गरी सक्ने ।

पुस २०ः सबै नगरपालिका र गाउँपालिकासम्म पार्टीको बैठक/भेला आयोजना गरिने ।

पुस २५ः सबै वडाहरुमा बैठक/भेला आयोजना गरिने ।