बाराको जस्तै शक्तिशाली आँधी आएको दावी : घाइतेको संख्या ३० पुग्यो
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा बाराको जस्तै शक्तिशाली आँधी आएको दावी गरिएको छ । करीव ४० मिनेट चलेको आँधीले वितण्डा मच्चाएको छ ।
अहिलेसम्म घाइतेको संख्या ३० पुगेको बताइएको छ ।
बिहीबार बेलुका आएको आँधीले घरका छाना उडाउनुका साथै बालीनालीमा व्यापक क्षति पुर्याएको छ । जिल्लास्थित सुरक्षा निकायले क्षतिको विवरण संकलन गरिरहेको र उद्धारमा जुटेको उनको भनाइ छ ।
धनगढी उपहानगरपालिकाका क्षेत्रमा बढी क्षति पुर्याएको छ । बिजुलीका पोलहरु र रुख ढलेर विद्युत सेवा अवरुद्ध भएको छ । अहिलेसम्म कुनै मानवीय क्षति नभएको डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार ८:४० बजे हावाहुरी रोकिएको तर वर्षा भइरहेको छ ।
हावाहुरीले कञ्चनपुरका विभिन्न क्षेत्रमासमेत क्षति पुर्याएको छ ।